२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गण्डकी प्रदेश सरकार 

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै  : ' राप्रपा र स्वतन्त्रले सघाउँदै'

३१ सदस्यको साथ चाहिने : कांग्रेस २७, राप्रपा ३ र स्तन्त्र १, एक ठाउँमा

सोमवार , जेठ २८, २०८१



गण्डकी, जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्था अनुसार  विश्वासको मत लिन लागेका हुन । 

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।  

साठी सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा ( एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का सात (सभामुख बाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार