२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुदूरपश्चिम प्रदेश :  आर्थिक मामिलामन्त्री शाही पदमुक्त

बिहिवार , फाल्गुण २४, २०८०

 

कैलाली, फागुन । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई आज पदमुक्त गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री शाहीलाई पदमुक्त गर्नुभएको हो । 

शाही नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी) का तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री हुनुभएको थियो । 

केन्द्रमा भएको सत्ता समीकरणको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेश सरकारमा यसअघि सहभागी माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पनि केही दिनअघि मात्रै पदमुक्त गरिएको थियो ।

यससँगै अब प्रदेश सरकारमा नेपाली कांग्रेसका मुख्यमन्त्री र दुई मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् । 

सुदूरपश्चिम प्रदेशको ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ जना सांसद छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा परेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार