२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

ब्यूटिसियन संघ भन्छ 

शाखा अधिकृत कर्णविरुद्धको मुद्दा  : "  व्यवसायीले न्याय पायौं " 

बिहिवार , फाल्गुण १७, २०८०


काठमाडौं, फागुन । चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घट्नामा आफूले न्याय पाएको स्पष्ट पारेकी छिन् ।

गत असार २७ गते ब्युटिसियन महराले सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी कर्णले पैसा तिर्ने बेलामा सिसीटिभी राखेको भन्दै विभिन्न बहाना गरेको, पैसा दिन नमानेको र आफूहरुको पेशामाथि विभिन्न आरोप लगाएको उनको भनाइ छ । 

उनले शाखा अधिकृत कर्णले आफूलाई सिसीटिभीको सहायतामा नराम्रा भिडियोहरु बनाएर बेच्ने गरेको आरोप लगाएको बताईन् । आफ्नो पेसा नै बदनाम हुनेगरी शाखा अधिकृत कर्णले प्रचार प्रसार गरेको उनको भनाइ छ । 

उक्त मुद्दामा उच्च अदालतले शाखा अधिकृत कर्णले आरोप लगाए जस्तो घटना प्रमाणित हुने कुनै प्रमाण दिन नसकेको भन्दै सफाइ दिएको उनले बताईन् । उनले उक्त घटनाअब कुनै अदालतमा प्रश्न उठाउन नपाउने गरी टुङ्गिएको बताईन् ।

कर्णले आफूलाई विभिन्न धम्की दिएको र दुरब्यबहार गरी पावर र पहुँच देखाउन खोजेको उनको भनाइ छ । महराले पेसा गर्ने क्रममा आफूलाई परेको अन्याय दबाएर नबस्न सबै ब्युटिसियनकर्मीहरुलाई आग्रह गरिन् । 

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल ब्यटिसियन संघमा आवद्ध पेशाकर्मीहरुले उक्त घटनामा आफूहरुको जीत भएको बताए । 

ब्युटिसियन संघकी निर्वतमान उपाध्यक्ष कल्पना आचार्यले सुस्मा महराको फेसियल हाउसमा घटेको घटना प्रतिनिधिमात्रै भएको बताईन् । उनले अब आफूहरु नेपालभरका ब्युटिसियनहरुलाई हामी एक्लै छैनौं भन्ने सन्देश दिनेगरी काम गर्ने बताईन् । आफूहरु श्रम गरेर खाने सबल नारी भएको बताउँदै उनले यस्ता प्रकारका धम्कीबाट नडराउने बताईन् । 

ब्युटिसियन संघकी निर्वतमान अध्यक्ष भगवती खड्काले आफूलाई परेको अन्यायलाई दबाएर नराख्न सबै ब्युटिसियनहरुलाई आग्रह गरिन् । आफूहरुले श्रम गरेर कर तिरेको र देशको अर्थतन्त्रलाई टेवा पुगेको उनले बताईन् । आफूहरुले तिरेको कारबाट तलब खानेहरुले आफूहरुलाई हिंसा गर्दा अपमान सहन नसकेर न्यायका लागि एकजुट भएको उनले बताईन् । 

ब्युटिसियन संघकी अध्यक्ष सरिता गौतमले शुस्मा महराजस्ता समस्यामा परेका दिदीबहिनीहरुको पेसागत हकहितका लागि आवाज उठाउन तयार रहेको बताईन् । पेशागत हक हितका लागि आफूहरु जहाँ गएर आवाज उठाउन पनि तयार रहेको उनले बताईन् । 

ब्युटिसिएन संघकी महासचिव शशी शाहले फेसियल हाउसमा श्रमिकहरुलाई दुव्र्यबहार गरेको घटनामा आफूहरुले विभिन्न निकायमा आवाज उठाएको बताईन् । उनले उक्त घटनामा आफूहरुले सडक आन्दोलनसमेत गर्नुपरेको स्मरण गरिन् । अन्ततः आफूहरुलाई गत फागुन १० गतेको अदालतको फैसलाले न्याय पाएको अनुभूति भएको उनको भनाइ छ । 

ब्युटिसिएन संघकी निवार्तमान केन्द्रीय उपाध्यक्ष गंगा नकर्मीले आफूहरुको पेसामाथि लागेको झुठो आरोपमा  न्याय पाएको बताईन् । अपमानजनक शब्द र झुठो आरोप आगमी दिनमा  आफूहरुको पेशामाथि आँच आउने र आफूहरुलाई दबाउने काम भएमा एकताबद्ध भएर लड्ने उनले प्रतिवद्धता ब्यक्त गरिन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार