२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' प्रदेशसभाका पदाधिकारीको सुविधा थप्नु अनुपयुक्त ' : डा. कोइराला

मंगलवार , माघ १६, २०८०

मोरङ, माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताउनुभएको छ ।
 
समुदायमा कांग्रेस अभियान अन्तर्गत आज विराटनगर–७ मा आयोजिक कार्यक्रममा उहाँले प्रदेश सरकारले जनताका आधारभूत  सुविधा थप्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुन्छ भन्नुभयो ।
 
नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका  कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले सरकारले सिङ्गिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने  आश्वासन दिनुभयो । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार