२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

३०२ औँ  राष्ट्रिय एकता दिवस

विविध कार्यक्रमका साथ मनाइँदै : "एकीकरणमा प्रयोग मार्ग हुँदै सेनाकाे शनिबारबाट पदयात्रा "

पुस २७ गते जङ्गी अड्डामा विशेष कार्यक्रम

शुक्रवार , पौष २०, २०८०

 

काठमाडौँ, पुस । नेपाली सेनाको अगुवाइमा यो वर्ष ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका  साथ मनाइँदै छ । 

नेपाली सेनाले  भोलि शनिबार गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा गर्दैछ । 

पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ आइ नगर परिक्रमापछि पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपछि समापन हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

 पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी र सबुजको झण्डा तथा दिपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक लगाएर र परम्परागत बाजा बजाउने छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशसम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिने छ । 

यसैगरी देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा पनि विविध कार्यक्रम आयोजना गरिने उक्त निर्देशनालयले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार