२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोशी कांग्रेस कार्यसम्पादन समिति

काेशी प्रदेश : विद्रोह गरेका कांग्रेस सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह

गठबन्धनले गरेको निर्णयलाई कार्यान्वयन गर्न अनुरोध

शुक्रवार , आश्विन २६, २०८०

मोरङ, असोज । कोशी कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले विद्रोह गरेर मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्की र उनलाई समर्थन गरेका प्रदेश सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।

३१ सदस्यीय कार्य सम्पादन समितिमध्ये १४ सदस्यको उपस्थितिमा बसेको बैठकले पार्टीको कोशी संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी केही सदस्यले हस्ताक्षर नगरी फर्केका थिए ।

केदार कार्की र उहाँलाई मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन बैठकले अनुरोध गर्‍यो,कोशी कांग्रेसका महामन्त्री उमेश थापाले भने, 'पार्टीलाई एकताबद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरियो ।'

केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरिएको उनले सुनाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार