२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गजल

बिहिवार , भाद्र २८, २०८०

 
 
तलाउ सरी भरी छु भरी पोखिन मन छ
लात हान्ने जिन्दगीसँग ठोकिन मन छ
 
लुकाएर मनको भारी कति बोकें बोकें
आफू पनि भारीसँग जोखिन मन छ
पवित्र मनभित्र अपवित्राले डेरा गरे
 
जुठो जिन्दगीसँग चोखिन मन छ
जे जे परे जिन्दगीमा सबै स्वीकार गरें
 
नाथे यही जिन्दगीसँग झोंकिन मन छ
थाकिएला पनि नभनेर खुबै हिंडे
छिटो जिन्दगीसँग रोकिन मन छ
 
इमाडोल, ललितपुर

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार