२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको अवैध पैठारी

सीआईबीले भन्यो : " अन्तरदेशीय आपराधिक संगठित सञ्जाल सक्रिय " 

तस्करीमा ३२ जना पक्राउ, १८ फरारमध्ये १४ विदेशी नागरिक

बुधवार , भाद्र २७, २०८०

 

काठमाडौँ, भदौ । सुनको अवैध पैठारी अन्तरदेशीय आपराधिक संगठित सञ्जाल नै सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानपछि  निष्कर्ष निकालेको छ । 

सीआईबीका अनुसार, पछिल्लो सुन तस्करीको छानबिन गर्ने क्रममा   नेपाली र विदेशी नागरिकहरू  यसमा संलग्न रहेको छन । 

सीआईबीले बुधबार गरेको पत्रकार सम्मेमलनमा ६० किलो लगायतका सुन तस्करीमा यो यस्तै गिरोह संलग्न रहेको र यसमा विभिन्न भुक्तानी प्रणालीबाट कारोबार गरेको देखिएको सीआईबी अनुसन्धानमा छ ।

सीआईबीका अनुसार यस्तो संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ । 

सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेकाले यो विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 

पछिल्लो सुन तस्करीमा ३२ जना पक्राउ परेका छन् । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक छन् ।

सुनको कारोबारको मुख्य डिल हङकङमा हुने गरेको र त्यहाँबाट नेपाल हुँदै बाहिर जाने गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ । 

सुन बेच्ने मान्छे हङकङबाटै टुंगो हुने गरेको, किन्ने मान्छेसम्म कोडको माध्यमबाट जाने गरेको देखिएको छ । 

सुन पगालेर बिस्कुट आकारमा तयार गरी बेच्ने गरिएको, सुन गाल्नका लागि काठमाडौंको टोखा र लाजिम्पाटमा कारखाना नै खोलिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार