विराटनगर, भदौ । कोशी प्रदेश सभाको बैठकमा एमालेले विरोध गरेको छ । सभामुखको भूमिकामा रहेका मत हाल्न गएको भन्दै एमालेले विरोध गरेको हो ।
प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा समस्या भएको हो । उनले विश्वासको मत पाएको भए पनि सभामुखको भूमिका निभाएका सांसदलेसमेत हालेपछि एमालेले विरोध गरेको हो ।
९३ सांसदमध्ये उपस्थित ७७ रहेकामा मुख्यमन्त्री थापाले ४७ मत पाएका छन् । विपक्षमा ३० मत प्राप्त भएको छ । ज्येष्ठताको हैसियतमा सभामुखको भूमिका खेल्नुपर्छ भनेर एमालेका नौ सांसद बिरामी भनेर बिदा बसेका थिए भने
उपसभामुख पनि बिरामी भनेर काठमाडौँ हानिएकी थिइन् ।
नेपालको संविधानको धारा १८८ अनुसार प्रदेशसभा सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनसार प्रदेश सरकार गठन भएको २० दिनपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् ।