२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मेरो अमरावती

सोमवार , श्रावण १, २०८०

 
मेरो अमरावती
दिनभरी थाकेको शरीर लिएर
जब म घर पुग्छु
मेरो आँगन, मलाई देखेर मुसुक्क मुकुराउँछ
प्रतिउत्तर नदिई रहन सक्दिन म
हाँसीहाँसी उ मेरो अगिल्तिर लम्पसार सुत्छ
म उसैको छातिमा टेकेर अगाडी बढ्छु।
छेउमा उभिएर बालक देखी वयस्क फूलहरू
पुतली झैँ नाँचिरहेका हुन्छन्
मेरो गृह प्रवेशमा ।
घरको चारसुर अगाडी उभिएर
आँगान र फूलबारीले जसरी मलाई स्वागत गर्छन्
त्यो भन्दा धेरै उत्साह बोकेर
घरको मुल ढोका खुल्छ
हो मेरो घर
मान्छेको प्राणले कुना कुनासम्म
प्रेम फिजाएर बाँचेको छ ।
म त्यही बाँचेको घरभित्र
दिनभरि मरेर
चराहरूसँगै बाटो लाग्छु
थाहाछनै ,
चराहरूको गुण यथास्थानमा छ छैन ?
तर मेरो घर
मेरा पदचाल सुन्न आतुर भएर पर्खिरहेको हुन्छ
म अमरावती पुगे झैँ
एक टहक आफ्नैँ स्वर्ग हेर्छु
अनि लाग्छ
घर घरजस्तै हुनलाई
हुनुपर्छ चारकुना मिलेको
तर घर बाँच्नलाई
आँगन हाँस्नुपर्छ
फूल नाँच्नुपर्छ
त्यो भन्दापनि ठुलो कुरो
घर भित्र
प्रेम बाँच्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार