२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कोशी प्रदेश मुख्यमन्त्रीले लिए शपथ

मुख्यमन्त्री  थापाले शपथपछि भने :  " सरकारलाई सबै दलको विश्वास रहन्छ " 

'जनताको विकास र समृद्धिको चाहनालाई यो सरकारले पूरा गर्छ'

शुक्रवार , आषाढ २२, २०८०


 कोशी, असार । प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन ।  

मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले  आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताए ।  

नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने स्पष्ट पारे ।  

उनले भने“संविधानको मूल्य र मान्यताअनुसार यो सरकार गठन भएको छ, जनताको चाहना अनुसार विकास र समृद्धिका कार्य अगाडि बढ्छन् ।” 

मुख्यमन्त्री थापाले आज पहिलो चरणमा दुईजना मन्त्री नियुक्त भए पनि केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने धारणा राखे । 

उहाँले गठबन्धन दलको सहमतिमा मन्त्रिमण्डल विस्तार गर्नुका साथै मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने बताए । मुख्यमन्त्री थापाले प्रदेशलाई समृद्धि बनाउन सबैको सहयोग र सहकार्यका साथ वर्तमान सरकारले कार्य गर्ने स्पष्ट पार् । 
–––

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार