बागमती, असार । बागमती प्रदेशसभाको बैठक भोलि असार १२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची तयार पारेको छ ।
यही असार १ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो ।
सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयक सहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिए लगत्तै प्रदेश सभाको अर्को बैठक असार १२ गतेका लागि बस्ने गरी प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरिएको थियो ।