२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कर्णाली प्रदेश सरकार : ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट 

शनिवार , आषाढ २, २०८०

 

वीरेन्द्रनगर, असार । आउँदो आर्थिक वर्ष २०८०र०८१ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेशसभा बैठकमा शुक्रबार बजेट सार्वजनिक गरेका हुन् ।

यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । 

बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा कर्णालीको बजेट ३२ अर्ब ७४ करोड ९ लाखको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार