२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल पूर्वाधार सम्मेलन

अर्थमन्त्री वाग्लेले भने : ' लगानीको वातावरण देखाउन महत्वपूर्ण '

बिहिवार , कार्तिक २०, २०८३

 

काठमाडौं, कात्तिक ।

वास्तविक लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन निकै महत्वपूर्ण रहेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।

नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले सम्मेलन परिणाममुखी र नतिजामुखी हुनुपर्ने बताएका हुन्।

उनले सरकारको २१ खर्बको बजेटले मात्रै केही नहुने भन्दै ७० खर्बको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए। यसका लागि निजी क्षेत्रलाई पनि सरकारले सँगसँगै लिएर अघि बढ्ने उनको भनाइ छ।

मन्त्री वाग्लेले पूर्वाधार सम्मेलनपछिको अवस्थालाई ध्यान दिएर सरकार अघि बढिरहेको जानकारी दिए।

त्यस्तै, कानुनमन्त्री सोविता गौतमले साउन १ गतेदेखि अहिलेसम्म ५४ भन्दा बढी विधेयकहरू मन्त्रिपरिषद्बाट स्वीकृत गरेर अघि बढिसकेको बताइन्। सम्मेलनअघि ५९ वटा कानुनहरू संशोधन गर्नुपर्ने परिस्थिति रहेको उनको भनाइ छ।

उनले लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न भएका कानुनी तथा नीतिगत व्यवस्थालाई सम्मेलनअघि अन्तिम रूप दिइने जानकारी दिइन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार