मोरङ, असार । कोशी प्रदेश सरकारले ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रालयको सभाहलमा अध्यादेशमार्फत ल्याएको बजेट सार्वजनिक गरेका छन् ।
उनले आउँदो आर्थिक वर्ष २०८०र०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । जसमा चालु खर्चमा १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ३ अर्ब ६० करोड २९ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान उनले प्रस्तुत गरेका छन् ।