२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आर्थिक बर्ष २०८० / ८१

लुम्बिनी प्रदेश बजेट सार्वजनिक : " ४० अर्ब ४७ करोड ९७ लाख "

चालु आवमा भन्दा २ अर्ब घट्यो

शुक्रवार , आषाढ १, २०८०

 

रूपन्देही, असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ । सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात् ३३.६८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात् ५७. ४५ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड ९७ लाख अर्थात् ८.८७ प्रतिशत रहने अनुमान गरिएको छ ।

खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ आउने राजस्व २ अर्ब ५० करोड ३० लाख अनुमान गरिएको छ । 

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने प्रदेश सरकारको अनुमान छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार