२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लुम्बिनी  प्रदेश सरकार : मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

आइतवार , बैशाख १७, २०८०


लुम्बिनी, बैशाख । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिनुहुने भएको छ । 
 
यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुग्नुभएका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लाग्नु भएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो । 

प्रदेशसभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजना बनाउनु भएको छ । 

गठबन्धन दलमा मन्त्रालयको भागवण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ । मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि बिना विभागीय हुनुहुन्छ । 

मुख्यमन्त्री चौधरीले मङ्गलबार विश्वासको मत लिने कार्यक्रम तय भएर प्रदेश सभालाई जानकारी गराएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेशसभाको अधिवेशन मङ्गलबारका लागि बोलाइएको छ । 

प्रदेशसभाको पहिलो अधिवेशनको दशौँ बैठक वैशाख १९ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गर्नुभएको सूचनामा जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार