२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कर्णाली प्रदेश : सरकारबाट बाहिरियो एमाले

आइतवार , चैत्र २६, २०७९

काठमाडौँ, चैत ।  नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

देशको राजनीतिक परिस्थिति बदलिएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚ सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले सामूहिक राजीनामा दिएका छन् ।

तीनै जना मन्त्रीले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् । 

‘देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूको सहजताका लागि नेकपा एमालेबाट सरकारमा सहभागी हामी तपशीलका मन्त्रीहरू संयुक्त राजीनामा पेस गर्दछौं‚’ राजीनामापत्रमा लेखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार