२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मिटर ब्याज पीडितको प्रदर्शन 

विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँमा : " सहुलियत ऋणको माग "

झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहाइकाे माग

सोमवार , चैत्र १३, २०७९

काठमाडौँ,  चैत ।  सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितले आज प्रदर्शन गरेका छन् ।  मिटर ब्याज पीडित सङ्घर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा उनीहरुले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजविरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै आज वीर अस्पतालको अगाडि सडकमा प्रदर्शन गरेका हुन् ।   

विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितलाई  महानगर पालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि वीर अस्पताल नजिकै सडकमा प्रदर्शन गरेका हुन् । 

सङ्घर्ष समितिका संयोजक मनोज पासवानले आफूहरुलाई खुल्लामञ्च प्रवेशमा रोक लगाएकोप्रति विरोध जनाउँदै न्यायका लागि अपिल गरे । 

खुला मञ्चमा विरोध कार्यक्रम गर्न आइतबार नै महानगरपालिकाका र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि त्यसबारे सुनुवाइ नभएको उनको भनाइ थियो । 

खुल्लामञ्च प्रवेश गर्न नपाएपछि मिटर ब्याज पीडितहरुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार