लुम्बिनी , चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेकपा (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुख समक्ष आज दाबी पेस गरेका छन् ।
माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता गरी नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा चौधरीलाई नियुक्त गर्न माग गदै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन गरेका हुन् ।
चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी, लोसपा दलका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका दलका नेता चन्द्रकेश गुप्ता, जसपाका दलका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी, जनमोर्चाका दलका नेता तारा थापा र एक जना स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन निवेदन गरेका छन ।