२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा माओवादी केन्द्र

गण्डकी प्रदेश सरकार :  ' माओवादीका मन्त्रीले दिए राजीनामा '

अल्पमतमा  परे मुख्यमन्त्री अधिकारी 

शुक्रवार , चैत्र १०, २०७९

 

कास्की, चैत । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् ।  सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार पदबाट राजीनामा दिएका छन् । 

शुक्रबार बिहान ११ बजे बसेको गण्डकी प्रदेशसभा अन्तर्गत माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा संलग्न दुई मन्त्रीलाई राजीनामा गराउने निर्णय गरेको थियो । 

संसदीय दलका नेता एंव भौतिकमन्त्री चुमानले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको बताए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता चुमानलाई सरकारबाट बाहिरिन बिहीबार निर्देशन दिएका थिए ।

गण्डकीमा माओवादी र राप्रपाको साथले एमाले नेतृत्वमा सरकार बनेको थियो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । 

दुई मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको छ । अब अधिकारीलाई कि राजीनामा दिने कि त विश्वासको मत लिने दुई विकल्प रहनेछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार