२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुदूरपश्चिम प्रदेश सरकार 

मुख्यमन्त्रीमा कांग्रेस नेता शाह नियुक्त : "पश्चिमबाट थाल्यो एमाले ढल्न, आज शपथ ग्रहण " 

बिहिवार , माघ २६, २०७९


धनगढी, माघ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रमुखको कार्यालय पुगेका छन् । 
शाहलाई बिहीबार (आजै) मुख्यमन्त्री नियुक्त गर्ने र शुक्रबार शपथ ग्रहण गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 
५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।
यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । लगत्तै रावलले प्रदेश प्रमुख समक्ष राजीनामा पेस गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार