पढेको थिएं- सेवा हो राजनीति
सिकाइएको थियो- सेवा हो राजनीति
सोचेको थिएं- निस्ठा हो राजनीति
मानेको थिएं- आदर्श हो राजनीति
भन्दै हिंडेको थिएं- नैतिकता हो राजनीति
तर,
पढ्न/ बुझ्न पुगेको रहेनछ
पढ्न मन लागेको छ- के हो राजनीति ?
बुझ्न मन लागेको छ- राजनीति के हो ?
गुरु खोजिरहेछु- राजनीति पढाउने
जान्न मन छ- आखिर के हो राजनीति ?