२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कर्णाली प्रदेशसभा :  प्रथम अधिवेशन आह्वान

बुधवार , पौष १३, २०७९


कर्णाली, पुस । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गरेका छन ।   
आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१ ) बमोजिम यही पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन । 
प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नुहुनेछ । 
सभामुख र उपसभामुख निर्वाचित भएर नआउञ्जेलसम्म ज्येष्ठ शाह सभामुखको भूमिकामा रहने जनाइएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार