इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उक्त पदका लागि 'योग्य मूर्खू व्यक्ति फेला परेपछि ' आफूले पदत्याग गर्ने उनको भनाइ छ।
यी अर्बपतिले यसअघि ट्विटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने सङ्केत गरेका थिए। त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए।
बीबीसीका अनुसार, तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी भएका थिए। उनले उत्तराधिकारी भेटेपछि पनि आफूले सफ्टवेअर र सर्भरको टोलीलाई सञ्चालन गर्ने बताए।उनले ट्विटर किनेपछि यस सामाजिक सञ्जालमा भएका परिवर्तनहरू निकै आलोचित बनेका थिए। मस्कले टेस्ला र स्पेसएक्स समेत सञ्चालन गर्छन्।
उनी विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन्। इलोन मस्कद्वारा निलो टिक सहितको ट्विटर खाताका लागि मासिक ८ डलर लिने घोषणा
विवाद
अक्टोबरमा उक्त सामाजिक सञ्जाल साइट किनेपछि मस्कले झण्डै आधाजसो कर्मचारीहरू हटाएका थिए। उनले ट्विटरको भेरिफिकेसन सेवालाई पैसा तिर्नुपर्ने गराउने प्रयास समेत गरेका जुन हाललाई रोकिएको छ।
नागरिक स्वतन्त्रता पक्षधर समूहहरूले सामग्रीहरू छनौटको उनको रणनीतिको समेत आलोचना गरेका थिए। जस क्रममा उनीहरूले ती कदमले घृणा फैलाउने र भ्रामक सूचना फैलाउने सूचनाहरू बढाउने आरोप लगाएका थिए।
गत शुक्रवार संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घ ईयूले उक्त सामाजिक सञ्जालबारे लेख्ने केही पत्रकारका खाता निलम्बन गर्ने ट्विटरको निर्णयको निन्दा गरेका थिए।
राष्ट्रसङ्घले मिडिया स्वतन्त्रता ूखेलौना नभएकोू भन्दै ट्विट गरेको थियो भने ईयूले ट्विटरलाई प्रतिबन्धहरूको चेतावनी दिएको थियो।