२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

तेह्रथुम : 'कांग्रेसकी सीता गुरुङ विजयी, एमालेका सुब्बा पराजित '

शनिवार , मंसिर १०, २०७९

 

तेह्रथुम, मंसिर ।  मंसिर ४ मा सम्पन्न निर्बाचनमा  तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ बिजयी भएकी छन ।  

उनले आफ्नो प्रतिष्पर्धी नेकपा एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले हराउँदै गुरुङ निर्वाचित भएकी हुन् ।  गुरुङले १९ हजार ७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाएका छन् ।

गुरुङ  गत २०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् ।  सुब्बा २०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका थिए । जिल्लाबाट तेस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका सुब्बा यसपटक भने पराजित भए ।
प्रदेश सभा (१) मा भने नेकपा एमालेका किशोरचन्द्र दुलाल र प्रदेश सभा (२) मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई विजयी भएका छन्।
गत २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनमा प्रतिनिधि सभा र दुवै प्रदेश सभा जितेको एमाले यस पटक भने प्रदेश सभा १ मा मात्रै झिनो मतले विजयी भएको छ ।
जिल्लामा २०७४ स्थानीय निर्वाचन ५ पालिका जितेको एमालेले हालै सम्पन्न २०७९ स्थानीय निर्वाचनमा ३ पालिका मात्रै जितेको छ । ७१ हजार ९३३ मतदाता रहेका जिल्लामा ४१ हजार १८० जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार