२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मधेस प्रदेश : 'प्रतिनिधिसभाका २२ स्थानको नतिजा सार्वजनिक ' 

शुक्रवार , मंसिर ९, २०७९


काठमाडौँ, मंसिर । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । 
निर्वाचन आयोगले आज साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको परिणाम अनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले छ स्थानमा जितेको छ । 
यसैगरी नेपाली कांग्रेसले पाँच, जनता समाजवादी पार्टी (जसपा) ले चार, लोसपाले तीन, एकीकृत समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्रले तीन स्थानमा जित निकालेको छ । एमालेका उम्मेदवार छ स्थानमा निर्वाचित भएका छन् ।
सिरहा–१ मा रामशङ्कर यादव, धनुषा–३ मा जुली महतो ९महासेठ०, सर्लाही–३ मा हरिप्रसाद उप्रेती, बारा–१ मा अच्युतप्रसाद मैनाली, पर्सा–३ मा राजकुमार गुप्ता र सिरहा–३ मा लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी,  नेपाली कांग्रेसका उम्मेदवार सप्तरी–३ मा दिनेशकुमार यादव, धनुषा–२ मा रामकृष्ण यादव, रौतहट–४ मा देवप्रसाद तिमलसेना, पर्सा–२ मा अजयकुमार चौरसिया र पर्सा–४ मा रमेश रिजाल निर्वाचित भएका छन ।  कांग्रेस उम्मेदवार सप्तरी–४, धनुषा–४ र महोत्तरी–४ मा अगाडि छन् ।  
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सप्तरी–१ मा नवलकिशोर साह, सिरहा–४ मा डा वीरेन्द्रप्रसाद महतो, सिरहा–४ मा वीरेन्द्रप्रसाद महतो र पर्सा–१ मा प्रदीप यादव निर्वाचित भएका छन ।  सिरहा–२ र धनुषा–१ मा जसपा उम्मेदवार अगाडि छन् । 
नेकपा  (माओवादी केन्द्र) का उम्मेदवार महोत्तरी–१, सर्लाही–२ र बारा–२ मा गरी तीन स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादीका उम्मेदवार महोत्तरी–२ मा शरदसिंह भण्डारी र सर्लाही–१ मा रामप्रकाश चौधरी निर्वाचित भएका छन ।  महोत्तरी–३ लोसपा अध्यक्ष महन्थ ठाकुर बिजयी भइसकेका छन ।  
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट विजयी हुनुभएको छ । बारा–४ मा कृष्णकुमार श्रेष्ठ अगाडि  छन ।  जनमत पार्टीका अध्यक्ष डा सिके राउत सप्तरी–२ बाट निर्वाचित भए ।  
त्यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरणकुमार साह र  रौतहट–३ मा प्रभु साह विजयी भएका छन ।  
निर्वाचन आयोगको तथ्याङ्क अनुसार मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक हजार  ५९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा तर्फको ३२ सिटका लागि विभिन्न दलका २९३ र स्वतन्त्र दुई ९७ गरी पाँच ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार