२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्वाचन - २०७९

काठमाडौँ उपत्यकाका : '१५ मध्ये कांग्रेस र एमालेलाई ५-५, रास्वपाको ४ क्षेत्रमा अग्रता' 

सोमवार , मंसिर ५, २०७९


काठमाडौँ, मंसिर । मंसिर ४ मा सम्पन्न  प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनको मतगणना धमाधम भईरहेको छ । मतगणनाको पछिल्लो आँकडा अनुसार,  काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये सबैमा मतगणना सुरु भएको छ । सबै क्षेत्रको सुरुवाति परिणाम आएको छ । 
परिणाम आएकामध्ये नेकपा एमाले र नेपाली कांग्रेस ५(५ क्षेत्रमा अगाडि देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ क्षेत्रमा अग्रता कायम राखेका छन् ।
काठमाडौंका दशमध्ये नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले ४(४ क्षेत्रमा अग्रता बनाएका छन् भने एमाले दुई क्षेत्रमा अगाडि छ । कांग्रेसले अहिलेसम्म क्षेत्र नं। १, ४, ५ र १० मा अग्रता कायम गरेको छ भने क्षेत्र नं। ३ मा दोस्रो र क्षेत्र नं। ६ मा तेस्रो स्थानमा छ । क्षेत्र नंं १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजन केसीले अग्रता लिएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. २, ६, ७ र ८ मा अग्रता कायम गरेको छ । ९ र १० मा दोस्रो, ३ मा तेस्रो र १ मा चौंथो स्थानमा देखिएको छ । 
क्षेत्र नं. २ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।जारी गणनामा नेकपा एमालेले काठमाडौं ३ र ९ मा अग्रता बनाएको छ । त्यस्तै, १ मा तेस्रो, ४, ६ र ७ मा दोस्रो, ८ र १० मा तेस्रो स्थानमा छ । ३ मा कृष्णबहादुर राई र ९ मा कृष्णगोपाल श्रेष्ठले अग्रता बनाएका छन् ।
काठमाडौंका दशमध्ये पाँच क्षेत्रमा उम्मेदवार उठाएको माओवादी केन्द्रले कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएपनि काठमाडौं ७ र ९ मा माओवादी उम्मेदवारहरु तेस्रो स्थानमा मात्रै छन् ।
ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये सबैमा नेकपा एमालेले अग्रता बनाएको छ । एमाले उम्मेदवारहरु क्षेत्र नं. १ मा नवराज सिलवाल, २ मा प्रेमबहादुर महर्जन र ३ मा अमृत खड्काले अग्रता कायम राखेका हुन् । क्षेत्र नं. १ मा कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ ।
त्यस्तै क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टी दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ । यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार पाँचौं स्थानमा छन् । क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा छ ।
भक्तपुरमा दुई क्षेत्रमा पनि मतगणना चलिरहेको छ । १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का र २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले सुरुवाति अग्रता बनाएका छन् । १ मा एमाले दोस्रो, नेपाल मजदुर किसान पार्टी तेस्रो र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चौंथो स्थानमा छन् ।
त्यस्तै, क्षेत्र नं। २ मा एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार