२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गुगुलद्वारा ह्वावेका एप्समा प्रतिबन्ध, ह्वावे मोवाइल प्रयोगकर्ता मारमा

मंगलवार , फाल्गुण १३, २०७६

काठमाडौं, फागुन । गुगलले चिनियाँ कम्पनी ह्वावेलाई आफ्ना सेवाहरु प्रयोग गर्न रोक लगाएसँगै ह्वावे मोबाइलका प्रयोगकर्ता मारमा परेका छन् ।

गगुलले शनिबार सूचना जारी गर्दै ह्वावेलाई आफ्ना उत्पादन प्रमाणीत तथा आधिकारिक नभएम्म प्ले स्टोर तथा एप स्टोरमा उसका एप्स तथा सफ्टवेयरको अपडेट प्रयोग गर्न रोक लगाएको हो ।

कम्पनीले अमेरिकी सरकारले अनुमति दिएसँगै ह्वावेका स्मार्टफोनहरुमा अपडेट दिने बताउँदै अहिलेलाई भने उसलाई स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिस तथा एपहरु इन्स्टल नगर्न सुझाव दिएको छ ।

एन्ड्रोइड हेल्प कम्यूनिटीसँगको कुराकानीमा गुगलका लिगल अफिसर ट्रिस्टान ओस्ट्रोवस्कीले अमेरिकाले ह्वावेलाई अझै पनि अस्थाई लाइसेन्स जारी गरेको बताए । उनले ह्वावेले अहिलेका मोडलहरुमा मात्र सेक्यूरिटी अपडेट गर्न पाउँने बताएका छन् ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार