२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बिजयादशमी टिकाको दोस्रो दिन आज 

देशभर निरन्तरको वर्षा : "नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या "

बिहिवार , आश्विन २०, २०७९


काठमाडौँ,  असोज ।  नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेकाछन् । विजया दशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जाने समस्यामा परेका हुन् । 
दुई दशकको दसैँ मनाउँदा यसरी निरन्तर वर्षा भएको अहिलेसम्म आफूले थाहा नपाएको कागेश्वरी मनोहरा नगरपालिका–६ की कविता सापकोटा बताउँछीन ।  वर्षाकै कारण आफन्तकहाँ टीका लगाउन जान नपाइएको उनको गुनासो छ  ।
राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको यात्रुहरु बताउँछन् । 
देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले धेरै नदीमा बाढी आइरहेको जनाइएको छ । कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचना पनि सार्वजनिक भइरहेको छ ।वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहल पहल देखिँदैन ।  काठमाडौँ उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउने गरेकामा वर्षाले रोकिएका छन् । 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिन प्रकाशन गरी यस्तो जानकारी गराएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार