२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नोबेल पुरस्कार

भौतिक शास्त्रतर्फ : ‘क्वान्टम मेकानिक्स’ बारे अध्ययन गर्ने तीन वैज्ञानिकलाई 

मंगलवार , आश्विन १८, २०७९

 

काठमाडौँ, असोज । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 'क्वान्टम मेकानिक्स' बारे अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। 'क्वान्टम मेकानिक्स' सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो।

बीबीसीका अनुसार, यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन्। पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ। कासक्रम बारे नयाँ कुरा पत्ता लगाउने 
गतवर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई नै दिइएको थियो।

यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका थिए। उक्त खोजले दुई उप - पारमाणविक कणहरू छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ। त्यो प्रयोगको नतिजाले 'क्वान्टम' जानकारीमा आधारित नयाँ प्रविधिका लागि बाटो खोली दिएको छ।
'क्वान्टम' सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र हो,  भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनले भनिन्। यसका सुरक्षित सूचना स्थानान्तरण, क्वान्टम कम्प्युटिङ र सेन्सिङ टेक्नोलोजी जस्ता क्षेत्रहरूमा व्यापक र सम्भावित प्रभावहरू छन्।

फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस(सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध छन्।
अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी चलाउँछन्।

सतहत्तर वर्षका एन्टोन साइलिङ्गर चाहिँ भियना विश्वविद्यालयमा संलग्न छन्। यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए।

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा सोमवार गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार