२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बडादशैँमा गाउँघर 

गण्डकीको पोखरा : " गाउँघर भरिदै, बजार क्षेत्रमा चहल पहल कम हुँदै " 

सोमवार , आश्विन १७, २०७९


गण्डकी,  असोज  । दसैँको टिकाको दिन नजिकिँदै गर्दा पोखराको सहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहल पहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिएका छन । 
दसैँका लागि बिक्रीमा ल्याइएका खसी तथा च्याङ्ग्राको ब्यापारका मुख्य केन्द्र टुँडिखेल, खसी बजार लगायतमा फुलपातिका दिनसम्म मानिसको भीडभाड रहेपनि ती स्थानमा पनि चहल पहल घट्दै गएको छ ।
दसैँका लागि पोखरामा विगतमा भन्दा कम सङ्ख्यामा च्याङ्ग्रा आएको र मूल्य पनि विगतमा भन्दा महङ्गो भएपछि यस पटक खसी तथा बोकाको व्यापार बढेको व्यापारीहरू बताउँछन् । पोखरा आसपासका गाउँबाट जिउँदो खसी बोका रु छ सय ५० देखि सात सय ५० रुपैयाँसम्म खरिदबिक्री भइरहेको छ ।
बजार क्षेत्रमा चहपहल कम हुँदै गएका अवस्थामा पोखरा आसपासका मठमन्दिरमा भने भीडभाड कायमै छ । नवदुर्गालाई लक्षित गरी पोखराको विन्दुवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सञ्चालन गरिएको छ । पोखरा आसपासका विभिन्न शक्तिपीठमा नवदुर्गालाई लक्षित गरी नवदुर्गा महोत्सव एवं विशेष पूजा गरिएको छ । 
पोखरा आसपासका कास्कीकोट, भरतपोखरीको कोटभैरव मन्दिरमा दसैँ विशेष पूजाआजा चलिरहेको छ । भरतपोखरीको कोटभैरव मन्दिरमा मल्लकालीन परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि घटस्थापना गरी निरन्तर पूजाआज भइरहेको कोटभैरव मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिए । 
मन्दिरमा विधिवत् फुलपाति भित्र्याइएको र आज महाअष्टमी विशेष पूजाका साथै कालरात्रि गरिने उहाँले जानकारी दिएका छन ।  मन्दिरमा महानवमीको पूजासँगै विजयादशमीका दिन सामूहिक रुपमा टीकाप्रसाद लगाउने प्रचलन छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार