२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

हनुमानढोका दरबार दशैँ घर

दुर्गाको पूजा आराधना सुरु : ' हनुमानढोकाको दशैँ घरमा विशेष पूजा गरिँदै'

सोमवार , आश्विन १०, २०७९


काठमाडौँ, असोज । परम्परा अनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । 
आज, सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताएका छन । 
दशैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । 
विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन । हनुमानढोकाको दशैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजया दशमीका दिनसम्म जारी रहन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार