२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'सञ्चारग्राम स्थापनामा एक करोड विनियोजन' : मुख्यमन्त्री पाण्डे

शनिवार , आश्विन ८, २०७९


बागमती, असोज ।  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उक्त प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताएका छन । समाजवादी प्रेस सङ्गठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा उनले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताए । 
मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनीकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरुका सङ्गठनमा संविधान अनुसारको विभाग राख्न उपयुक्त हुने बताएका छन ।   

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले समाजमा भएका घटनाको सत्यतथ्य सूचना सञ्चार क्षेत्रले यथार्थ तथा निष्पक्ष भई प्रस्तुत गर्नुपर्ने बताए ।  
सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख खतिवडाले जनताको सामाजिक रुपान्तरणका लागि सञ्चारकर्मी संवेदनशील हुनुपर्नेमा बताए ।  उनले पार्टीले आसन्न निर्वाचन प्रचारका लागि जिल्ला, प्रदेशका प्रचार कमिटीसँग समन्वय गरिरहेको बताए ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार