२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

बुधवार , भाद्र ८, २०७९


काठमाडौँ, भदौ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ ।  

यसरी पक्राउपर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । 
उनले विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत १५ भन्दाबढी व्यक्तिसँग रकम जम्मा गर्न लगाई ठगी गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार