२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ' : मुख्यमन्त्री पाण्डे

बुधवार , भाद्र १, २०७९


बनेपा, भदौ  । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनमा अब विद्युतीय प्रणालीबाट भाडा भुक्तानी गर्ने व्यवस्था सुरु गरिने बताउनुभएको छ । 
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले धुलिखेलमा आज आयोजना गरेको ‘छैटौँ जिल्लासभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकलाई नगद पैसा तिर्दा यात्रुसँग बढी रकम लिने खालको समस्या समाधान गर्न तोकिएको रकम मात्रै भुक्तानी दिने गरी डिजिटल युगभित्र प्रदेश सरकार प्रवेश गर्ने बताउनुभयो ।
उहाँले संसद्मा कानुन बनाउने बेला आफूले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर जोडदार कुरा उठाएको र वडा सरकार बलियो भएमात्रै नेपाल बलियो तथा समृद्ध बन्ने भएकाले त्यसैमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

सङ्घीय सरकार भनेको नै प्रदेश सरकार भएको उल्लेख गर्दै उहाँले भर्खर मात्र प्रदेश सरकारको कानुन बनाउने र कार्यान्वयनको चरणमा रहेकाले अहिले नै ठीक तथा बेठीक भनेर टिप्पणी गर्ने बेला नभएको बताउनुभयो ।

 उहाँले आर्थिक हिसाबले कमजोर गाउँपालिकाले आफू आएपछि थप आर्थिक सहयोग गर्ने विधि बनाएको र बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार