२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

टेलिकमको अनलाइन रिचार्जमा फेरी समस्या, समाधान हुन समय लाग्ने

शनिवार , मंसिर ७, २०७६

काठमाडौँ, मङ्सिर । दूरसञ्चार कम्पनी नेपाल टेलिकमको अनलाइन रिचार्ज तथा टपअपमा पूनः समस्या देखिएको छ । आज बिहान सात बजेबाट समस्या दोहोरिएको हो । यो सँगै एमपोस प्रविधिबाट कम्पनीका सेवाको भुक्तानी नै ठप्प भएको छ ।

यसअघि शनिबार बिहान टेलिकमको एमपोस प्रविधिमा समस्या आएको थियो । उक्त समस्या राति करीब साढे ९ बजे समाधान भएको टेलिकमले जनाएको थियो । तर, आज बिहानै उक्त समस्या पूनः दोहोरिएको छ ।

एक्कासी सिस्टममा लोड पर्दा समस्या दोहोरीएको टेलिकमका सह–प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बताएका छन् । ‘अहिले सफ्टवेयरमा समस्या देखिएको छ,’ भण्डारीले भने, ‘सफ्टवेयर डिबकको काम भइरहेको छ । त्यसैले समधानको लागि अझै केही समयलाग्न सक्ने छ ।’

भण्डारीका अनुसार यसबाट रिचार्ज कार्ड बाहेकका माध्यमबाट हुने कम्पनीको मोबाइल, ल्याण्डलाइन, इन्टरनेट लगायतका सेवाको भुक्तानी हुन सकिरहेको छैन ।

उपभोक्ताले खल्ती, ई–सेवा, मोबाइल बैंकिङ, टेलिकमको मोवाइल एप लगायतका माध्यमबाट रिचार्ज गर्न पाइरहेका छैनन् । त्यतिमात्रै नभएर प्रयोगकर्ताले टेलिकमले उपलब्ध गराएको प्याकेज लिन, आफ्नो मोबाइलमा उपलब्ध ब्यालेन्सको जानकारी लिन समेत पाएका छैन् ।

शुक्रबार राती टेलिकमको सिस्टममा अपग्रेड भएसँगै यस्तो समस्या आएको श्रोतले जनाएको छ । कम्पनीको कूल रिचार्ज मध्ये २८ देखि ३० प्रतिशत अनलाइनबाटै हुने गरेको छ । यस हिसाबले दैनिक ३ करोड रुपैयाँसम्मको आम्दानी प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार