२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विज्ञापन आचारसंहिता : ' नियन्त्रण होइन, नियमनका लागि हो'

शुक्रवार , बैशाख १६, २०७९

 

काठमाडौँ,  वैशाख । सरकारले विज्ञापन क्षेत्रलाई नियमन गर्न ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भका अवसरमा बताए । 

उनले भने,  विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउन सरकारले आचारसंहिता ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन । 

उले थपे, “अप्रमाणित, भ्रामक, पर्याप्त जानकारीविना विज्ञापन बनाइएको हुन्छ, त्यसलाई व्यवस्थित गर्न सरोकारवालाको सुझावका आधारमा विज्ञापन आचारसंहिता ल्याउन लागिएको हो, यसले विज्ञापन क्षेत्रलाई व्यवस्थित गरेको छ ।”

उनले विज्ञापन बोर्डको नीति र विनियमावलीलाई समय अनुसार संशोधन गरी बोर्डलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउने बताए ।

विज्ञापन आचारसंहिता मस्यौदाको विज्ञापनसम्बन्धी व्यवसाय गर्ने व्यक्तिको आचारसंहिता सम्बन्धमा ‘कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याल, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने तथा आधिकारिकता पुष्टि हुनेगरी मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ’ भनिएको छ ।

नेपाल विज्ञापन सङ्घ (आन) का वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठले विज्ञापन वितरण सम्बन्धमा स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले दुई दिनसम्म सञ्चालन हुने तालिममा बोर्डले अहिलेसम्म गरेका कार्य, विज्ञापनको अवधारणा र अहिलेको प्रवृत्ति, विज्ञापनको इतिहास र चुनौती, मडिया र विज्ञापन, विज्ञापन आचारसंहिता, विज्ञापन उद्योग र महत्वलगायतका विषयमा प्रशिक्षण हुने जानकारी दिएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार