२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

आइतवार , चैत्र २०, २०७८

कर्णाली,चैत ।नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित हुनुभएको छ । प्रदेश सभापति ललितजङ्ग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ ९६० बमोजिम कार्यसमितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश कार्यसभापति शाहीले पार्टी विधानबमोजिम प्रदेश संसदीय समितिमा छ सदस्य मनोनित गर्नुभएको छ । महामन्त्री कृष्णबहादुर रोकायका अनुसार प्रदेश संसदीय समितिमा भूपेन्द्रजङ्ग शाही, लङ्कबहादुर शाही, सीता वली, मिठु थापा कार्की, मोहन विक र पदमबहादुर लामा मनोनित हुनुभएको छ । प्रदेश कार्यसमितिको बैठकले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम कोषाध्यक्ष, प्रवक्ता र संसदीय समितिका रिक्त पदहरूमा मनोनित गरिएको महामन्त्री रोकायद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार