बारा,चैत। महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा महानगरपालिका १३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।उमेश साहकी २८ वर्षीया श्रीमती सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका २३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।