२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा एमाले : " सिध्याउने कि सिद्धिने !"

आइतवार , कार्तिक २१, २०७८


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  एउटा कार्यक्रममा विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गरे । उनले भने,े कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने उल्लेख गरे ।   
अध्यक्ष ओलीले आफ्ना कार्यकर्ता माँझ भने, “कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ ।” 
 ओलीका शब्दमा, “अनेक प्रकारका झुठा र भ्रमपूर्ण कुरा फैलाउनु पर्दैन, कुरु क्षेत्र बनाउने भनेर धम्क्याउनु पर्दैन, नेपाल अब शान्ति क्षेत्र, धर्म क्षेत्र हुन्छ” । सरकारमा हुँदा एमालेले असाधारण काम गरेको फैलाए पनि जनता पत्याउने पक्षमा छैनन् । 
“हामीले विकासका काम थुप्रै ग¥यौँ, हामीले गरेको विकास हेरे हुन्छ”, ओली थप्छन । तर उनले गरेका बिकासका कामका जति ब्याख्या गरेपनि उनले फैलाएका असाधारण  हौवा भन्ने पक्षमा  सबैको मत छ, विश्वास गर्छन  । 
  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार