२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

फेसबुकको नयाँ फिचर : क्लबहाउस जस्तै लाइभ अडियो रुम र पोड्कास्ट

मंगलवार , आषाढ ८, २०७८


सोमबार फेसबुकले आफ्नो प्लेटफर्ममा क्लबहाउस शैलीका लाइभ अडियो र पोडकास्टको नयाँ फिचर सार्वजनिक गरेको रोयटर्सले बताएको छ।  
अप्रिलमा फेसबुकले नयाँ अडियो उत्पादनमा लगानी गर्ने घोषणा गरेको थियो यसैको दुई महिनामा कम्पनीले प्लेटफर्ममा सो नयाँ सुविधा थपेको हो।
कम्पनीका सिइओ मार्क जुकरबर्ग केही समयअघि आफैँ क्लबहाउसमा देखिएपछि यो एप प्रयोगकर्ताबिच एकाएक चर्चित भएको थियो। मार्कले अडियो रुम र पोडकास्टको आइडिया लिनको लागि क्लबहाउस चलाएको हल्ला छ।
फेसबुकको लाइभ अडियो रुम र पोडकास्ट फिचर अहिले अमेरिकाको आइओएस सफ्टवेयरमा मात्र उपलब्ध गराइएको छ। एन्ड्रोइड प्रयोगकर्ताको फेसबुकमा यो फिचर देखिदैन।
अमेरिकामा पनि केबल सिमित सेलिब्रेटी र फेसबुक समुहले यो फिचर चलाउन पाउने छन्। जसमा उनीहरुले सिर्जना गर्ने लाइभ अडियो रुममा पचास जना वक्ताहरु र श्रोताहरु बस्न पाउने कम्पनीले उल्लेख गरेको छ।
अमेरिकी श्रोताहरुलाई फेसबुकमा पोडकास्ट पनि उपलब्ध हुने रोयटर्सले जनाएको छ।
प्लेटफर्ममा रहेका केही कन्टेन्टका कारण आलोचनामा पर्दै गरेको फेसबुकले लाइभ र रेकर्ड गरिएको अडियो सामाग्री मोडरेट गर्दा चुनौतीहरु सामना गर्नुपर्ने रिर्पोटले
नयाँ अडियो फिचरसँगै फेसुबकले ‘स्पोटिफाइ’ एपको सहकार्यमा आफ्नो प्लेटफर्ममा गीतहरु सुन्न र सेयर गर्न मिल्ने फिचरमा काम गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार