२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिकी अन्तरिक्ष संस्था 'नासा ' : 'शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने तयारी '

बिहिवार , जेठ २०, २०७८

काठमाडौं, जेठ । अमेरिकी अन्तरिक्ष संस्था नासाले शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । शुक्र ग्रह सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने गिरएकाे छ ।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ ।

यी दुवै मिसनका लागि ५०/५० करोड डलर बजेट छुट्याइएको नासाले जनाएको छ । पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् ।

‘यी मिसनमार्फत् शुक्र ग्रह सिसासमेत पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने छ,’ नेल्सनले भनेका छन् । शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको वैज्ञानिकहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार