२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काेराेनाकाे कहर कहालीलाग्दाे

नेपालमा काेराेना : 'पछिल्लो २४ घण्टामा नौं हजार संक्रमित थपिए, २१४ काे मृत्यु'

काठमाडौँ उपत्यका : '३ हजारभन्दा बढी संक्रमित थपिए '

सोमवार , जेठ ३, २०७८

काठमाडौँ, जेठ । पछिल्लो २४ घण्टामा पीसीआरबाट नौं हजार १९८ र एन्टीजेनबाट ४९ गरी थप ९ हजार २४७ मा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

आज काठमाडौँ उपत्यकामा मात्र भक्तपुरमा २९८, ललितपुरमा ४५४ र काठमाडाैंमा २ हजार ३४६ गरी ३ हजार भन्दा बढी संक्रमित थपिएका छन्। आज कोभिड १९ को सङ्क्रमणबाट २१४ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७६७ कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

हालसम्म ७४.४ प्रतिशतले कोरोना भाइरसको सङ्क्रमण जितेका छन् । हाल देशभर १ लाख १३ हजार ४८० सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये अस्पताल र विभिन्न ठाउँमा ६ हजार ९७० आइसोलेसनमा रहेका छन् ।

र १ लाख ६ हजार ५१० हामे आइसोलेसनमा रहेका छन् । पछिल्लाे २४ घण्टामा २१ हजार ६५३ नमुना पीसीआरबाट र ४३४ नमुनाकाे एन्टीजेन परीक्षण गरिएको छ । हाल एक हजार २५९ आइसियु र चारसयको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार