२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके : 'कोरोनाबाट थप १३ को मृत्यु'

सोमवार , जेठ ३, २०७८

नेपालगन्ज, जेठ । बाँकेमा कोरोनाबाट थप १३ को मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा ९ बर्दियाका २५ वर्षीय पुरुष, तुलसीपुर १० दाङकी ३८ वर्षीया महिला, मधुवन ९ बर्दियाकी ७० वर्षीया महिला, पंचपुरी ६ सुर्खेतका ५९ वर्षीय पुरुष, बाँसगढी ६ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगन्ज ६ की ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत भिमदत्त ३ कंचनपुरकी ५५ वर्षीया महिला र कोहलपुर ९ बाँकेकी ४५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत खजुरा ३ बाँकेकी ६७ वर्षीया महिला, कैलारी ५ कैलालीका ३८ वर्षीय पुरुष र तुलसीपुर ६ दाङका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १ दाङकी ४८ वर्षीया महिला र दंगीशरण ३ दाङका ६३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यो संगै कोरोनाबाट बाँकेका २४० को मृत्यु भएको छ भने बाहिरी जिल्लाका १९४ को मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार