काठमाडौं, जेठ । नेपालमा कोरोना भाइरसका सात हजार ३१६ सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ को आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ कोरोनामुक्त भएको जनाएको छ ।
सोही अबधिमा १४५ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन ।