२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण : थप १८७ को मृत्यु, ८,१६७ संक्रमित थपिए

शनिवार , जेठ १, २०७८

काठमाडौं जेठ । कोरोना भाइरसको संक्रमणबाट थप १८७ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ को एन्टिजेन परीक्षण गर्दा १२१ मा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये १ हजार ३३१ को आईसीयू र ३७० को भेन्टिलेटरमा उपचार भइरहेको छ । उपत्यकामा थपिए २,९३७ संक्रमित, बाँकेमा ५०५ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ९३७ कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार १४६, ललितपुरका ४४४ र भक्तपुरका ३४७ छन् ।

यस्तै बाँकेमा ५०५, रुपन्देहीमा ४९५, कैलालीमा ४४३, मोरङमा ३५४, बर्दियामा २७८, दाङमा २७५, मकवानपुर १९८, सुर्खेतमा १८५ तथा कञ्चनपुरमा १८४ मा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा १७३, धनुषामा ११८, पर्सामा १०४, म्याग्दीमा १०३, सुनसरीमा ९९, तनहुँमा ८०, नुवाकोटमा ७९, काभ्रेमा ७० तथा दैलेखमा ७८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी महोत्तरीमा थप ७१, डोटीमा ६२, गोरखामा ५९, सप्तरीमा र रामेछापमा ५८/५८ मा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार