२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सिभिल अस्पताल : '१५० बेडको कोभिड अस्पतालमा रूपान्तरण'

शनिवार , जेठ १, २०७८

काठमाडौं, जेठ । सिभिल अस्पताल १५० बेडको कोभिड अस्पतालमा रुपान्तरण हुने भएको छ । शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीलाई उपचार गराउन दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले गर्ने भएको छ । सम्झौता अनुसार १५० शय्याको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक (औषधि, उपकरण, भवन आदि) जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नुपर्नेछ ।

साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर मन्त्रालयको स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिवेदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पताको तर्फबाट कार्यकोरी निर्देशक डा विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता शुक्रबारदेखि नै लागु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार