२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल उद्योग वाणिज्य महासंघ : ' ५० बेडको आइसोलेसन सुरु '

शुक्रवार , बैशाख ३१, २०७८

काठमाडौँ, बैशाख । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

महासंघले ‘एफएनसीसीआई अप्रेसन कोभिड रिलिफ नेपाल’ अभियानअन्तर्गत यो आइसोलेसनको सुरुवात गरेको हो ।

भगवान् महावीर जैन–निकेतन, आरम्भ फाउन्डेसन र काठमाडौं महानगरपालिका–२९ को सहकार्यमा महासंघले आइतबारदेखि कमलपोखरीमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।

महासंघले क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड–१९ आइसोलेसन सञ्चालन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका–१७ बीच सम्झौता गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरे । आइसोलेसन केन्द्र आगामी आइतबारबाट सञ्चालनमा आउने महासंघले जानकारी दिएको छ ।

आइसोलेसन सेन्टरमा सुरुमा ५० बेड रहनेछन् । आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय बेडसम्म पुर्‍याउने योजना रहेको महासंघले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार