२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : ' एक लाख नाघे सक्रिय संक्रमित'

शुक्रवार , बैशाख ३१, २०७८

काठमाडौँ, बैशाख । पछिल्लो २४ घण्टामा ८ हजार ९६० संक्रमित थपिएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ ।

संक्रमणले २१४ को मृत्यु भएको छ । हालसम्म ज्यान गुमाएकाको संख्या ४ हजार ४४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ४७४ को पीसीआर परीक्षण गर्दा बिहीबार ८ हजार ८४२ मा र ७७१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११८ मा पोजिटिभ देखिएको हो ।

हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । जसमध्ये १ लाख ५ हजार २०७ सक्रिय संक्रमित हुन् । २४ घण्टामा ५ हजार ५५ संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार